- हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ ।
- गाई काट्नेलाई जेलमा कोचिन्छ तर मान्छे काट्नेलाइ राजनैतिक आवरणले छोपिन्छ ।
- जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की बिदेशबाट मगाइन्छ ।
- सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ ।
- रात पर्न साथ मापसे चेकिङ गरिन्छ तर दिउसै सिमाना पारी गएर टिटि खोपेर र फेन्सिटल धोकेर आउनेलाई मेडिकल चेकिङ गरिदैन ।
- २० वटा कुर्सी भाचिदा ३० लाखको क्षती भएको बिवरण सार्वजनिक गरिन्छ तर महाकालीको पानी र बिश्वयुद्ध लडेका हतियार बेच्दा देशलाई कति क्षती भयो भन्ने बिवरण चाहिँ लुकाइन्छ ।
- गाउँ-गाउँमा गएर गाजा खेती फाडिन्छ तर एयरपोर्टबाट चाहिँ लागू पदार्थ ओसारपसार गर्न दिइन्छ ।
- बेरोजगार युवाहरूलाई बिदेश खेदाइन्छ अनि आएको रेमिट्यान्सलाई फेरि बेरोजगार उत्पादन गर्ने कारखाना ( स्कुल ) मा लगाइन्छ ।
- आफू संविधान बनाउन सक्दैनन् तर जनतालाई चाहिँ आफ्नो गाउँ आफैं बनाउ भनेर सिकाउछन ।
- गाउँघर तिर तास खेल्नेहरुलाइ जुवाडे भन्दै पकाडिन्छ तर राजधानीमै कयासिनो खेल्नेहरुलाइ चाहिँ भिआइपी भन्दै सलोट ठोकिँन्छ ।
- देशलाई धर्म निरपेक्ष भनिन्छ तर देश चलाउने प्रधानमन्त्री र मन्त्रीहरूलाई भगवानको नाममा सपथ खुवाइन्छ ।
- देशको कुनै धर्म हुँदैन भनिन्छ तर धर्म नहुने देशको जात चाहिँ हुन्छ भनेर जिद्दी गरिन्छ ।
- छुवाछूत गर्नु हुँदैन भनिन्छ तर बालुवाटारबाट दलित भान्से निकालिन्छ ।
- मान्छे ले पढ्न पाएनन् भने स्कुल खोलिन्छ तर काम पाएनन भने खाडी खेदिन्छ ।
- मान्छेले खाने तरकारी मा बिषादि हालिन्छ तर शरीरमा लगाउने लुगा र जुत्तामा चाहिँ बास्नादार अत्तर छर्किइन्छ ।
- राजधानीमा पक्किपुल हालिन्छ तर राजधानी बाहिर झोलुङ्गे पुल पनि बन्दैन।
- जानीनजानी भए पनि अंग्रेज़ी बोलिन्छ तर शुद्ध नेपाली बोल्नेलाइ चाहिँ पाखे भनिन्छ ।
- बिदेशमा भाडा मोलेर आउनेलाई चाहिँ वा भनिन्छ तर आफ्नै देशमा परिश्रम गर्नेलाइ चाहिँ छ्या भनिन्छ।
- गाउँमा गएर झगडा गर्नेलाइ मर्दाको छोरो भनिन्छ तर घरमा श्रीमतीलाई भाडा माझ्न
सघाउनेलाइ चाहिँ जोइटिङ्रे भनिन्छ।।।
As posted in Facebook by Bipin Kiran here.