हरे, हाम्रो देशमा

  1. हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ ।
  2. गाई काट्नेलाई जेलमा कोचिन्छ तर मान्छे काट्नेलाइ राजनैतिक आवरणले छोपिन्छ ।
  3. जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की बिदेशबाट मगाइन्छ ।
  4. सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ ।
  5. रात पर्न साथ मापसे चेकिङ गरिन्छ तर दिउसै सिमाना पारी गएर टिटि खोपेर र फेन्सिटल धोकेर आउनेलाई मेडिकल चेकिङ गरिदैन ।
  6. २० वटा कुर्सी भाचिदा ३० लाखको क्षती भएको बिवरण सार्वजनिक गरिन्छ तर महाकालीको पानी र बिश्वयुद्ध लडेका हतियार बेच्दा देशलाई कति क्षती भयो भन्ने बिवरण चाहिँ लुकाइन्छ ।
  7. गाउँ-गाउँमा गएर गाजा खेती फाडिन्छ तर एयरपोर्टबाट चाहिँ लागू पदार्थ ओसारपसार गर्न दिइन्छ ।
  8. बेरोजगार युवाहरूलाई बिदेश खेदाइन्छ अनि आएको रेमिट्यान्सलाई फेरि बेरोजगार उत्पादन गर्ने कारखाना ( स्कुल ) मा लगाइन्छ ।
  9. आफू संविधान बनाउन सक्दैनन् तर जनतालाई चाहिँ आफ्नो गाउँ आफैं बनाउ भनेर सिकाउछन ।
  10. गाउँघर तिर तास खेल्नेहरुलाइ जुवाडे भन्दै पकाडिन्छ तर राजधानीमै कयासिनो खेल्नेहरुलाइ चाहिँ भिआइपी भन्दै सलोट ठोकिँन्छ ।
  11. देशलाई धर्म निरपेक्ष भनिन्छ तर देश चलाउने प्रधानमन्त्री र मन्त्रीहरूलाई भगवानको नाममा सपथ खुवाइन्छ ।
  12. देशको कुनै धर्म हुँदैन भनिन्छ तर धर्म नहुने देशको जात चाहिँ हुन्छ भनेर जिद्दी गरिन्छ ।
  13. छुवाछूत गर्नु हुँदैन भनिन्छ तर बालुवाटारबाट दलित भान्से निकालिन्छ ।
  14. मान्छे ले पढ्न पाएनन् भने स्कुल खोलिन्छ तर काम पाएनन भने खाडी खेदिन्छ ।
  15. मान्छेले खाने तरकारी मा बिषादि हालिन्छ तर शरीरमा लगाउने लुगा र जुत्तामा चाहिँ बास्नादार अत्तर छर्किइन्छ ।
  16. राजधानीमा पक्किपुल हालिन्छ तर राजधानी बाहिर झोलुङ्गे पुल पनि बन्दैन।
  17. जानीनजानी भए पनि अंग्रेज़ी बोलिन्छ तर शुद्ध नेपाली बोल्नेलाइ चाहिँ पाखे भनिन्छ ।
  18. बिदेशमा भाडा मोलेर आउनेलाई चाहिँ वा भनिन्छ तर आफ्नै देशमा परिश्रम गर्नेलाइ चाहिँ छ्या भनिन्छ।
  19. गाउँमा गएर झगडा गर्नेलाइ मर्दाको छोरो भनिन्छ तर घरमा श्रीमतीलाई भाडा माझ्न
    सघाउनेलाइ चाहिँ जोइटिङ्रे भनिन्छ।।।

As posted in Facebook by Bipin Kiran here.

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top