हरे, हाम्रो देशमा
हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ । गाई काट्नेलाई जेलमा कोचिन्छ तर मान्छे काट्नेलाइ राजनैतिक आवरणले छोपिन्छ । जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की बिदेशबाट मगाइन्छ । सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ । …