गए दु:खका दिन – The Modern Nepal #Reality

A typical Nepali man कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार,
नागरिक पत्रीका को ग्राहक बन्दा घर उपहार,
राजाधानी को ग्राहक बन्यो टि. भि., फ्रिज लगायतका इलेक्ट्रोनिक सामान उपहार!
जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि “अन्नपूर्ण पोस्ट” ले पुरा गरिदिने भएछ- एक जोर ट्र्याक सुट दिएर ।
छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले लिएकै छन् ।
फोन गर्नु पर्यो Ncell ले सित्तैमा दिन्छ ।
नगद चाहियो बैन्कहरु हामी छौ भनिराकै छन ।
खानेकुराको ,पोषणको र स्वास्थ्यको त झन चिन्तै भएन . भिटामिन, मिनरल,खनिज लगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दैछ । एउटा चाउचाउ उमालेर खायो अरु केही खानै परेन।
गएछन दु:खका दिन ! अलिकती चिन्ता देशको थियो त्यैपनी “राष्ट्र निर्माण हाम्रो जिम्मेबारी” भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले ।
अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि !
अब बालाई स्लिपिङ ट्याब्लेट पनि खुवाउनु परेन पिपिआर पाइप र फिटिङ बा को सिरानी मुनी हाल्दियो बा ढुक्कले निदाउनु हुन्छ । आफुपनी एक सेट पाइप हालिन्छ सिरानमुनी अनी ढुक्कले सुतिन्छ । गए दु:खका दिन|
As shared in Facebook, modern Nepal of today, typos look like intentional, as do the pun. Nepal is built. Built on ads. Built on news. The Great Nepal!
This is how poorest countries of the world are made!
Image courtesy: Partners International Canada depicting Hope for one of the world’s poorest countries. A Nepali man. In the former Hindu Kingdom of Nepal, Hinduism permeates every aspect of life.

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top