अन्तिम लडाइ बाँकी छ – गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्तिम लडाईको लागि प्रजातान्त्रिक शक्तिहरुलाई एक हुन आह्वान गर्नुभएको छ । उहाले त्यस्तो लडाइ प्रजातन्त्रको रक्षार्थ हुनेपनि प्रष्ट पार्नुभयो । ललितपुरमा आयोजित तेक्वान्दो खेलकुद प्रतियोगिताको उदघाटन गर्दै कोइरालाले संविधान सभा निर्वाचनमा पराजित हुदैमा नआत्तिकन मनोवल उच्च राख्न आग्रह गर्नुभयो । निर्वाचन एउटा लडाई मात्रै हो । यसमा हार्दैमा आत्तिनु हुदैन, कोइरालाले भन्नुभयो, अन्ति लडाई त बाकी नै छ । त्यसको लागि युवा खेलाडीहरुले पनि साथ दिनुपर्छ ।

उहाले प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र कानूनि राज्यको लागि कसैसग सम्झौता नगर्ने पनि वताउनुभयो । कोइरालाले खेलकुदमा डेप्लोमेटिक रोल हुने चर्चा गर्दै सरकारमा तनाव बढेको वेला पनि यो काम आउने बताउनुभयो ।

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top