कांग्रेसले छुट्टै संविधान बनाउँछ- गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले समयमै संविधान बनाउन चासो नदिए आफ्नो पार्टीले छुट्टै संविधान बनाएर जनतामा जाने चेतावनी दिनुभएको छ । जागरणसभालाइ संवोधन गर्न पोखरा पुग्नुभएका कोइरालाले आज विहान संचारकर्मीसंग कुरा गर्दै आफ्नो पार्टीको एकमात्र लक्ष्य संविधान निर्माण भएकाले जसरी पनि बनाइछाड्ने बताउनुभयो । माओवादीले आफुसंग गरेका सहमति पालना नगरेको भन्दै कोइरालाले सेना समायोजनका मामलामा सहमति अनुसार हुनैपर्छ भन्ने बाध्यता नरहेको धारणा राख्नुभयो ।

वाइसिएलले हत्या हिंसा जारी राखेको भन्दै कोइरालाले भन्नुभयो- वाइसिएल विघटन नगरेसम्म सेना समयोजनका विषयमा सोच्नपनि सकिन्न । माओवादी सरकारप्रति विदेशीहरु पनि शंसकित रहेको र उनीहरुले सहयोग नगर्ने कोइरालाको अनुमान थियो । कोइरालाले भन्नुभयो-मैले बनाएको पोलिसी अनुसार सहयोग गरेका हुन, अब गर्दैनन् । कोइरालासंगको भेटघाट कार्यक्रम प्रेस युनियन कास्कीले आयोजना गरेको थियो । For details, visit pokharanews.com.np

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top