आजदेखि सातै दिन लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी हप्ताका सातैदिन लोडसेडिङ गर्ने भएको छ । भारतबाट कटैया दुहवी हुँदै नेपाल आयात भइरहेको ५० मेगावाट बिजुलीको टावर सप्तकोशी नदीको तटबन्धसँगै क्षत्रि्रस्त भएकाले लोडसेडिङ अवधि बढाइएको प्राधिकरणले जनाएको छ ।

नयाँ लोडसेडिङ तालिकाअनुसार आज साँझदेखि काठमाडौँ उपत्यकासहित लमहीदेखि लाहान र पोखरामा प्रत्येक हप्ता १६ घण्टा लोडसेडिङ हुनेछ । हप्ताको एक दिन बिर्राई पहिलो दिन साढे दुइ घण्टा र अर्को दिन २ घण्टा लोडसेडिङ हुनेछ ।

त्यसैगरी हेटौँडा-वीरगञ्ज क्षेत्रमा प्रत्येक दिन बिहान एक घण्टा र बेलुका २ घण्टाका दरले लोडसेडिङ हुनेछ । कुलेखानी जलाशयमा गएको वर्षन्दा पानीको सतह घटेकाले पनि विद्युत आपूर्ति आजैदेखि कटौती गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ ।

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top