Listen the latest interview of Federal Republic Nepal's first Prime Minister Prachanda's at BBCNepali.com

These days we rarely hear and watch Federal Republic Nepal’s first Prime Minister Prachand appearing at the usual Press Meets and Face-to-Face programs. Obviously, Mr Prachanda must show up the traits, being a hero, the leader of the nation. Let him do just what people deserve him to do, let’s see if Prachanda’s Nepal becomes Switzerland in 20 years, I wonder it’s surely Switzerland and NOT Swaziland.

We heard some unusual and so dedicated interview of Prime Minister Prachanda at BBC Nepali Service last Tuesday, September 2, 2008. He was too excited that he will lead the nation to totally new height and scenario. More text from BBC Nepali Service Website:

विशेष अन्तरवार्ता : प्रधानमन्त्री पुष्पकमल दाहालले पद सम्हालेपछि दिएको पहिलो अन्तरवार्ता

नेपाली राजनीतिमा हावी हुनबाट रोक्न गत १३ वर्षदेखि नेपाली सत्तारूढ शक्तिहरूबाट भएको प्रयासलाई विफल तुल्याउँदै अहिले पूर्व माओवादी विद्रोहीहरू देशको नेतृत्व गरिरहेका छन्।

ढाडमा टाउँकोमा प्रहार गर्ने’ अनि अरुलाई उपयोग गर्नेमा तपाईँहरु व्यक्तिगतरुपमा तपाई खुब सफल भएको जस्तो लाग्छ होला हगी? किन भने राजालाई पनि ढाल्नु भो, गिरिजाप्रसाद कोइरालालाई पनि ढाल्नु भो।

(हाँस्दै) तपाईँले प्रश्नलाई सिधा भनौ अथवा व्यंग्य भनौ त्यो रुपमा राख्नु भयो। केही बृतमा तपाईँले भन्या जस्तै म उपयोगितावादी भएको भान परेको छ। त्यसले मलाई बडो पीडा दिन्छ।

भन्नुहुन्छ भने व्यक्तिगत स्वभावको दृष्टिकोणले म अल्लि बढी उदार खालको मान्छे छु। म आफैले भन्नु पर्दा मैले बडो छलछाम गरे बडो ठगे भन्ने कहिल्यै पनि लाग्दैन्।

नेपालका असाध्यै पुरातनपन्थी असाध्यै भ्रष्ट तत्वहरु जसले यो देशलाई सैयौ वर्षदेखि लुटे, खाए। व्यक्तिहरु मेटाए। केही सीमित वर्ग मोटायो।

बहुसंख्यक जनता गरिबै रहे। पछौटे रहे। ती गरिव जनताको पक्षमा लड्दै जाँदा मैले हाम्रा आफ्ना विचारहरु प्रयोग गर्दा कहिँ न कहीँ कार्यनीतिमा कहिले कसैसंग सहमति गर्नु पर्ने, कहिले कसैसंग सम्झौता गर्नु पर्ने, कहिले कसैसंग संघर्ष बढाउनु पर्ने अवस्था रह्‍यो।

तर यो मेरो कुनै षडयन्त्र नभएर एकदम सीधासीधा हामीले बुझेको दर्शन द्वन्द्वात्मक भौतिकवाद अनुसार मुख्य दुश्मनलाई परास्त गर्नको लागी अरु सबैसंग मिल्नु पर्छ भन्ने नै हो।

जतिवेला हामी जनयुद्धको शुरुवात गर्दै थियौ। त्यो बेलाको सरकारले टनकपुरमा देशलाई ठग्यो भनेर पनि आवाज उठायौ। त्यतिबेला राजासंग हाम्रो वास्तवमा कुनै कटुता-शत्रुता थिएन्।

तर दरवार हत्याकाण्ड पछिका तथाकथित राजासंग हाम्रो अन्तरविरोध चर्केर गयो। त्यसले सबै लोकतन्त्रवादीलाई निल्न खोज्या छ भन्ने हामीलाई लाग्यो। अनि हामीले संसदवादी पार्टीहरुसंग एउटा सहमति बनायौ।

त्यसकारण अहिले पनि हामीले जे गरि राख्या छौ देशका पक्षमा, जनताको पक्षमा, प्रगतिको पक्षमा हामीले हाम्रो कार्यनीति र रणनीतिहरुलाई प्रयोग गरेका छौ।

For more details, please visit the official Website of BBC Nepali Service, www.bbcnepali.com previously www.bbc.co.uk/nepali/  

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top