Made in Nepal र नयाँ नेपाली शब्दकोष

यी हुन् नेपाली शब्दकोष र जनजीवनमा फरक–फरक अर्थ लाग्ने केही प्रचलित शब्द र शब्दार्थ ।

मेड इन नेपाल ?
टोपी कोरियामा, सर्ट थाइल्यान्डमा बनेको । पाइन्ट इटालीमा, गन्जी भारतमा बनेको । जुत्ता नेपालमै बनेको तर तलुवामा ‘मेड इन चाइना’ लेखेको । हातमा बोकेको फोन हेर्नूस्– चीनमै बनेको । अहा, क्या मजाले नेपाली हिँडेको ।
बिहान उठ्छ, चिया खान्छ । दूध नेपाली तर चिया–चिनी भारतको । पकाउने ग्यास अरबको त्यही पनि भारतले नेपाल आउन रोकेको । पकाउने भाँडा विदेशको, चामल, तरकारी नेपालको (कहिलेकाहीँ भारतको पनि) तर त्यसलाई फलाउने मलखादचाहिँ भारतकै । अनि, यो सबै किन्ने दाम छोराले खाडीबाट पठाको ।
Source (pressed from): नेपाल :: उस्ताद उवाच

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top